चीनसँग इन्धनको व्यापारिक कारोबारमा ढिलाइ हुने संकेत

चीनसँग व्यापारिक रुपमा इन्धन कारोबार सुरु गर्न ढिलाइ हुने संकेत देखिएको छ ।

बेइजिङमा इन्धन खरिद गर्ने औपचारिक समझदारी गरेको आयल नियमले प्राविधिक विषयमा छलफल गर्न चाइना नेशनल पेट्रोलियम कर्पोरेशन (पेट्रो-चाइना) लाई नेपाल भ्रमणको निम्तो दिएको थियो । तर, पेट्रो चाइनाले जवाफ दिन ढिलाइ गरेको नेपाल आयल निगमले जनाएको छ ।

निगमले (पेट्रो-चाइना) लाई पठाएको पत्रमा आइतबारसम्म नेपाल आइपुग्न चिनियाँ टोलीलाई आमन्त्रण गरेको थियो । साथै व्यापारिक सम्झौता गर्न ढिलाइ हुने अवस्था आए पहिले नै कारोबार सुरु गर्न पेट्रो-चाइनासँग प्रस्ताव गरेको छ ।

तर, पेट्रो-चाइनाले अहिलेसम्म व्यापारिक सम्झौताका लागि टोली पठाउने विषयमा कुनै प्रतिक्रिया नदिएको नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काले बताए ।

उनले दुई कम्पनीबीच मूल्यका विषयमा कुराकानी भइरहेको दाबी गरे । उनका अनुसार पेट्रो चाइनाले आयल निगमको पेमेन्ट मोडालिटीसहित कम्पनीको वास्तविक अवस्थाबारे जानकारी मागेको थियो ।

पेट्रो चाइनालाई ती सबै विवरण आयल निगमले उपलब्ध गराइसकेको छ । तर, उसले नेपाल कहिले आउने भन्नेबारे केही बताएको छैन ।
चीनका लागि नेपाली राजदूत महेश मास्केले भने आयल निगम र पेट्रो चाइनाबीच कुराकानी भइरहेको बताए ।

- See more at: http://www.onlinekhabar.com/2015/11/350295/#sthash.n8jlHYES.dpuf

 

तिहारमा साढे दुई करोड फूलको किनबेच

यस वर्ष तिहारमा  २ करोड ५० लाखको फूलको कारोबार भएको छ ।  वर्षेनी तिहारमा १० देखि १५ प्रतिशतसम्म फूलको कारोबारमा वृद्धि हुने गरेको भएपनि यस वर्ष नाकाबन्दी र तराई बन्दका कारण कारोबारमा वृद्धि हुन नसकेको फ्लोरीकल्चर एशोसिएसन नेपालका उपाध्यक्ष दिलिप बादेले जानकारी दिए । 

Flower

उपाध्यक्ष बादेका अनुसार तिहारमा सयपत्री, मखमली र गोदावरी फूलका सात लाख माला खपत भएका भएपनि सबैभन्दा बढी सयपत्री फूलको चार लाख माला खपत भएको छ । खपत भएका फूल सबैभन्दा बढी काठमाडौँ उपत्यकाको तीन वटा जिल्लामा ७५ प्रतिशत प्रयोग भएको थियो भने पोखरा, बुटवल, धरानलगायत देशको मुख्य सहरमा २५ प्रतिशत फूलको प्रयोग भएको थियो ।

अघिल्लो वर्षको तुलनामा यस वर्ष मालाको मूल्यमा पनि वृद्धि भएको छ । यस वर्ष सयपत्री फूलको प्रतिमालालाई ३५ देखि ६५ रूपैयाँसम्म परेको थियो । गत वर्ष प्रतिमालाको मूल्य २५ देखि ५० रूपैयाँसम्म थियो ।

 

 

Today's Program

Time Program
05:00 - 06:00LOK GEETHARU
06:00 - 07:00NATIONAL SONGS/ ATMIK YATRA
07:00 - 08:00LOK GEETHARU
08:00 - 09:00AASHA KO BAANI / HINDI ENERGY LOVE SONGS
09:00 - 10:00OLD NEPALI POP SONGS
View All Program
 

Follow us on Facebook

 

Our Network


Radio Hamro Sansaar    Mero Fm

Logo Of Radio Rasuwa

 

Our Ads


Funchautari Coca -ColaCelebrity  TWR     AWR 2    Nepal Crs

Ncell             Dish Home     Ymax   Pasupati Biscut